नीति तथा कार्यक्रमको विरोध गर्ने माननीयले दायाँबायाँ गर्न नपाउने
नेपाली कांग्रेसले नीति तथा कार्यक्रम पास गर्न सांसदहरूलाई ह्विप लगाएको छ । आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिने भएपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।
‘वैशाख २८ गते आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आ. व. २०८२/०३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त बैठकमा उपस्थित हुन, तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले सूचना गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको थियो ।
काँग्रेसका कतिपय सांसदहरुले सार्वजनिकरुपमै नीति तथा कार्यक्रमको विरोध गरिरहेका छन् । त्यहि भएर सांसदहरुलाई तटस्थ नरहन कडा निर्देशन दिइएको छ ।
टिप्पणीहरू