भारतीय मिडियालाई न भ्रम फैलाउन लाज, न माफी माग्दा लाग्छ ब्याज

भारतीय मिडियालाई न भ्रम फैलाउन लाज, न माफी माग्दा लाग्छ ब्याज

छिमेकी मुलुक पाकिस्तानमाथि आक्रमण गर्नुअघिदेखि हिजो साँझ युद्ध विरामको घोषणा हुँदासम्म पनि एकोहोरो अफवाह फैलाउनमा मस्त मूलधारको भारतीय टेलिभिजन "आज तक"ले अन्ततः माफी मागेको छ । गत साता भारत-पाकिस्तान युध्द चर्किएपछि अर्णव गोस्वामीको रिपब्लिकदेखि आज तकसम्मले अनेका वितण्डा मच्चाउँदै भारतीय ब्लगर ध्रुव राठीकै शव्दमा ९०% झूठको खेती गरेका थिए । तिनको उक्त बिषाक्त र कर्कश समाचार   सम्प्रेषणले समाजलाई भड्काउँदै जनतालाई त्रसित बनाउन थालेपछि  भारत सरकारले स्वयंले नै आधिकारिक श्रोतबाट दिइएकोबाहेक लाइभका नाममा त्यस्ता सामग्री उत्पादन नगर्न चेतावनी दिनुपरेको थियो । 

युद्धको माहौलमा समेत संयमता अपनाउन नसकेको आज तकले बेलाबखत नेपाल र छिमेकी चीनमाथि समेत अनेक अनेक लाञ्छना लगाउने धन्दा गर्दै आएको छ । पाकिस्तानलाई ‘कुत्ते’ को बिल्ला भिराएर गलत समाचार रिपोर्ट प्रशारण गरेकोसमेत पाइएको छ । पत्रकार आचारसंहिता र कूटनीतिक मर्यादा नाघिएका घटना त कति छन् कति ।

"सँसदको सर्वसम्मतिमा कालापानीको नक्सा जारी प्रकरणताका चिनियाँ राजदूत हौ यान्छीसङ्ग नाम जोड्दै उनलाई केपी ओलीकी कान्छी बनाइएको र स्विस बैंकमा प्रधानमन्त्री दम्पतिको करोडौं रकम डिपोजिट रहेको अपुस्ट र अप्रमाणित सामग्री प्रशारण हुँदाका हकमा त किशोर श्रेष्ठ नेतृत्वको तत्कालिन प्रेस काउन्सिल नेपालले समकक्षी भारतीय प्रेस काउन्सिलका अध्यक्ष सिके प्रसादलाई आफ्ना सन्चारमाध्यमलाई जिम्मेवार बनाउन कडा चेतावनीसहित पत्राचार नै गर्नुपरेको थियो । "

कालापानीको नक्सा प्रकरणमा चिनियाँ राजदूत हौ यान्छीसङ्ग जोड्दै कान्छी बनाइएको र स्विस बैंकमा प्रधानमन्त्री ओली दम्पतिको करोडौं रकम डिपोजिटअपुस्ट र अप्रमाणित सामग्री प्रशारणका हकमा त किशोर श्रेष्ठ नेतृत्वको तत्कालिन प्रेस काउन्सिल नेपालले समकक्षी भारतीय प्रेस काउन्सिलका अध्यक्ष सिके प्रसादलाई आफ्ना सन्चारमाध्यमलाई जिम्मेवार बनाउन कडा चेतावनीसहित पत्राचार नै गर्नुपरेको थियो । यसवीच सबैतिरबाट चर्को आलोचना खेप्नु परेपछि "आज तक"ले गलत समाचार प्रशारण गरिएको भन्दै माफी मागेको छ ।

टेलिभिजनले सीमा क्षेत्रका वासिन्दा र सामाजिक सञ्जालमार्फत प्राप्त विवरणका आधारमा आफ्ना रिपोर्टरले तयार पारेको खबर भन्दै प्रशारण गरेको समाचार अन्ततः फेक साबित भएको छ । भिन्न विचारधारा बोक्ने दल, व्यक्तिमाथि जाइलाग्ने भारतीय मिडियालाई मोदी र गोदी मिडियाको संज्ञा दिने गरिएको छ ।

टिप्पणीहरू