अमेरिका केन्द्रित धनाढ्य चिनियाँहरु धमाधम पूर्वतिर

दशकौंदेखि अमेरिकाको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका धनाढ्य चिनियाँहरुले नयाँ लगानीका क्षेत्रको रुपमा मलेसिया,सिंगापुर र अष्ट्रेलियातर्फ हेर्न थालेका छन् । बढ्दो भूराजनीतिक तनावका कारण उनीहरुले अमेरिकामा रहेको सम्पत्ति ती मुलुकतिर ‘सिफ्ट’ गर्न खोजेको बताइन्छ ।
रियल इस्टेट टेक फर्म जुवाइले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार अमेरिकामा ५० लाख डलरभन्दा बढी लगानी गरेका विशेषगरी चिनियाँहरुले नयाँ गन्तव्य खोजेका हुन् । जुवाई एसियाली मुलुक र चीनका लगानीकर्ताबारे अध्ययन गर्ने एक संस्था हो । यसअघि चिनियाँ लगानीकर्ताका लागि अमेरिका पहिलो रोजाइ थियो । अहिले उक्त स्थान सातौंमा झरेको छ ।
सन् २०२४ को मार्चसम्म चिनियाँहरूले अमेरिकी रियलइस्टेटमा ७ अर्ब ५० लाख डलर गरेका थिए । जुन अघिल्लो वर्ष १३ अर्ब डलरको तुलनामा झण्डै आधा हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को पैठारी महशुलसम्बन्धी निर्णयपछि चिनियाँहरुको रोजाइमा लगानीको पहिलो स्थान थाइल्याण्डले लिएको छ । त्यसपछि अष्ट्रेलिया,क्यानाडा,मलेसिया र बेलायत शीर्ष स्थानमा रहेको देखिन्छ ।
उक्त संस्थाका सिइओ कासिफ अन्सारीले भूराजनीतिक घर्षण, संरक्षणवाद र सम्पत्ति सम्झौताको बढ्दो छानबिनका कारण खरिदकर्ता र लगानीकर्ताहरु अमेरिकाबाट निरुत्साहित भएको बताए । साउथ चाइना मर्निङ पोष्टका अनुसार यो प्रवृत्तिले विदेशी पर्यटक र अन्तर्राष्ट्रिय विद्यार्थीका निम्ति गन्तव्यको रूपमा कायम रहेको अमेरिका पहिलेको रोजाइमा पनि कमी आएको छ ।
सन् २०२४ को मार्चसम्म चिनियाँहरूले अमेरिकी रियलइस्टेटमा ७ अर्ब ५० लाख डलर लगानी गरेका थिए । जुन अघिल्लो वर्ष १३ अर्ब डलरको तुलनामा झण्डै आधा हो । यो वर्षको प्रारम्भमा चिनियाँ लगानीकर्ताहरूले सिंगापुरमा ३०१ वटा आवासीय घर खरिद गरेका छन् । अघिल्लो वर्ष २१२ वटा घरमा लगानी गरेका थिए ।
राजनीतिक स्थिरता,कर लाभ,बलियो कानुनी प्रणाली र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाका कारण सिंगापुर उनीहरुको रोजाइमा परेको हो । त्यसपछि मलेसिया,थाइल्याण्डका रियलइस्टेटमा चिनियाँहरुले लगानी गरेको देखिन्छ ।
टिप्पणीहरू