नेपाल-भारत सिमानाबाट चार चिनियाँ समातिए

नेपाल-भारत सिमानाबाट चार चिनियाँ समातिए

भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच चार जना चिनियाँ नागरिक रक्सौल नाकामा पक्राउ परेका छन् । वीरगञ्ज हुँदै रक्सौल नजिक पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दङ हिजुन,ल योङहाई,हुवाङ लिमिन र हे छियोङसियाङ रहेका छन् । उनीहरू सबै हुनान प्रान्तका वासिन्दा हुन् ।

उनीहरुको पासपोर्ट नम्बर क्रमशः ईपी ५५४३५३६, ईपी २५३२९५९, ईजी ७२७२४६८ र ईएल ८६२०७६८ रहेको छ । जिल्ला प्रहरी कार्यालय,पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले पनि भर्खरै जानकारी पायौं । उनीहरु कसरी त्यहाँ पुगे ? अनुसन्धान गरिरहेका छौं’,उनले भने । 

भारतीय जम्मु–कश्मिरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलापछि पाकिस्तान र भारत युद्धमा होमिएका छन् । भारतले पाकिस्तान जाने पानी बन्द गरेको छ भने ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही चलाएको छ । सार्क सँगठनको अध्यक्षका हैसियतमा नेपालले रास्टृय सुरक्षा परिषदको बैठकलगत्तै हिजो दुई छिमेकी भारत र पाकिस्तानलाई युद्ध नबढाई क्षेत्रीय शान्ति कायम राख्न आग्रह गरेको छ ।

यता,चीन भने दु:ख सुखको आफ्नो पुरानो मित्र रास्ट्र पाकिस्तानका पक्षमा दृढतापूर्वक उभिएको छ । उसले भारतबाट अस्ति राती हवाई आक्रमण झेलेको पाकिस्तानप्रति सहानुभूति राखिरहेको अवस्थामा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बिषय वारे भारतीय सन्चार माध्यमले ठूलै होहल्ला मच्चाउन थालेको देखिन्छ ।

टिप्पणीहरू