‘चाइना वाक डिस्कभर वुहान’ मा राजदूतसँगै नेपाली विद्यार्थी
चीनको मध्य भागमा अवस्थित हुपेइ प्रान्तको राजधानी वुहानमा पर्यटनलक्षित विशेष कार्यक्रम आयोजना गरिएको छ । ‘चाइना वाक डिस्कभर वुहान’ विशेष कार्यक्रममा नेपाली राजदूत र वुहानमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ ।

स्थानीय नदीमा तैरिएको जहाजभित्र आयोजित कार्यक्रमलाई राजदूत कृष्णप्रसाद ओलीलगायत विभिन्न मुलुकका राजदूतले सम्बोधन गरेका थिए । चाइना मिडिया ग्रुपको एसिया तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीको वुहान नगर कमिटी प्रचार विभागले आयोजना गरेको कार्यक्रमले स्थानीय पर्यटनमा थप टेवा पुर्याउने विश्वास लिइएको छ ।

चीनमा पर्यटकीय क्षेत्रको थप पहिचान र विकास गर्ने क्रममा वुहानलाई पनि विशेष रुपमा लिइन्छ । याङ्जे नदीको किनारमा अवस्थित वुहानलाई चिनियाँहरुले नै आर्थिक,राजनीतिक र सामाजिक हिसाबले ‘अद्भूत’ भन्ने गरेका छन् । विगतदेखि वुहान चीनको राजधानी पैचिङपछि दोस्रो ठूलो शैक्षिक केन्द्रको रुपमा रहिआएको छ ।
टिप्पणीहरू