‘सार्वजनिक बिदा’ मा परेको बिरामी बिदा स्वतः गणना

‘सार्वजनिक बिदा’ मा परेको बिरामी बिदा स्वतः गणना

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले लिने बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परेमा बिरामी बिदामा गणना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय किताबखाना (शिक्षक) लाई पत्र पठाउँदै शिक्षकहरुको बिरामी बिदामा सार्वजनिक बिदा परेमा बिरामी बिदामा गणना गर्न निर्देशन दिएको छ । 

पत्रमा भनिएको छ, ‘विद्यालयमा कार्यरत शिक्षकहरुले बिरामी बिदा स्वीकृति गरी बसेको अवधिमा सार्वजनिक बिदा पर्न गएमा उक्त बिदासमेत बिरामी बिदामा गणना गर्न यस मन्त्रालय (सचिवस्तर) को मिति २०८२–०१–१४ को निर्णयअनुसार अनुरोध छ ।’

शिक्षकहरुले लिने बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा के गर्ने ? भन्ने विषयमा अधिकांश स्थानीय तहबाट प्रश्न आएपछि किताबखानाले यसबारे मन्त्रालयसँग सोधेको थियो । त्यसपछि मन्त्रालयले यस्तो भनेको हो । जसअनुसार अबदेखि शिक्षकको बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेमासमेत गणना हुने भएको छ ।

टिप्पणीहरू