आगामी उपकुलपति र रजिष्ट्रारको प्रस्तुतीसँगै अन्तरवार्ता

आगामी उपकुलपति र रजिष्ट्रारको प्रस्तुतीसँगै अन्तरवार्ता

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम छनौट सूचीमा परेको छ । उपकुलपतिका लागि दरखास्त दिएकामध्ये तीन जनाको नाम सूचीमा परेको बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार इलामका मोहनकुमार तामांग, संखुवासभाका रमेशकुमार ढुंगेल र लमजुङका प्रा.डा.रामेश्वर अधिकारी सर्ट लिस्टमा परेका छन् । यस्तै, विश्वविद्यालयको रजिष्ट्रार पदमा पनि तीनै जनाको नाम सर्ट लिस्ट भएको छ । 

जसमा धनकुटाका डम्बरध्वज चेम्जोङ्, तनहुँका प्रशान्तध्वज अधिकारी र धनकुटाका लिलाप्रसाद लिम्बू छन् । उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि सर्ट लिस्टमा परेकाहरुको प्रस्तुतीकरण तथा अन्तरवार्ता आगामी शुक्रबार तोकिएको छ ।

टिप्पणीहरू