पठनपाठन अंग्रेजीमा, कुराकानी नेपालीमा

पठनपाठन अंग्रेजीमा, कुराकानी नेपालीमा

काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ । महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको व्यापक गुनासोपछि यस्तो निर्देशन दिइएको छ ।

महानगरले आज सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ । साथै, नेपाली भाषामा सम्वाद गरेकै कारण विद्यार्थीलाई दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न महानगरको चेतावनी छ ।

टिप्पणीहरू