विदेश गएका नेपालीलाई एकताबद्ध गराउने जिम्मा महेशलाई

विदेश गएका नेपालीलाई एकताबद्ध गराउने जिम्मा महेशलाई

गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको छ । 

श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली हुन् । प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेका अनुसार उपाध्यक्षमा क्रमशः खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बू, बुद्धिसागर सुवेदी, जानकी गुरुङ चयन भएका छन् ।

महासचिवमा बाबुराम लामा, सचिवमा क्रमशः टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे देवकी खत्री गुरुङ निर्वाचित भएका छन् । महाधिवेशनले कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला संयोजकमा रश्मी थापा, युवा संयोजकमा भीमसेन थापालाई चयन गरेको छ । 

त्यस्तै क्षेत्रीय संयोजक र उपसंयोजकहरु पनि चयन गरेको छ । जसमा एसिया प्रशान्तको संयोजक डा. बलराम श्रेष्ठ, युरोपमा प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तरदक्षिण अमेरिकामा ढिलुराम पराजुली, ओसियानामा इर्सद अहमद छन् ।

टिप्पणीहरू