एसनिकट आदिवासी जनजातिहरु २० र २१ गते काठमाडौंमा जुट्दै
नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनमा देशभरका ३५ जातीय घटक संघ,७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायतले सम्बोधन गर्ने अधिवेशनको दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताए ।
महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित हुने मगरले बताए ।

टिप्पणीहरू