नेपालगञ्ज जाँदै गरेको जिपमा छ किलो अफिम

नेपालगञ्ज जाँदै गरेको जिपमा छ किलो अफिम

जाजरकोटमा ६ केजी लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । नलगाड नगरपालिका घर भएका २३ वर्षीय हरी बानियाँ, ३० वर्षीय दीपक सिंह र २३ वर्षीय सुरेश सिंहलाई प्रहरीले हिजो भेरी नगरपालिका-१ रिम्ना बजारबाट अफिमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरु सवार कर्णाली प्रदेश ०२००१ च ११४५ नम्बरको बोलेर जीपसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिए । उनका अनुसार डिएसपी शिवकुमार चौधरी नेतृत्वको टोलीले सवारी चेकजाँच गर्ने क्रममा दीपक र सुरेशसको साथबाट तीन-तीन किलो अफिम फेला परेको हो । 

बानियाँले चलाएको उक्त गाडी नेपालगञ्ज हिँडेको बताइएको छ । उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू