स्ववियुमा दर्ता नगरिएका विद्यार्थी संघ, संगठन क्याम्पस हाताभित्रै अवैध

काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा सक्रिय संघसंगठन तथा संस्थाहरुलाई दर्ताको निम्ति आग्रह गरेको छ ।
स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले क्याम्पसमा सक्रिय विद्यार्थी संघसंगठन, क्लब, सोसाईटी तथा अन्य स्वतन्त्र संघसंस्थालाई दर्ता हुन आग्रह गरेका हुन् । त्यसका लागि यही वैशाख मसान्तसम्मको समय दिइएको छ ।
तोकिएको अवधिमा दर्ता नभएका संघसंगठनलाई क्याम्पसमा अवैधानिक मानिने जारी सूचनामा उल्लेख छ । क्याम्पस हाताभित्र कुनै कार्यक्रम वा क्रियाकलाप गराई केही घटना भएमा क्याम्पस प्रशासन र स्ववियु जिम्मेवार नरहनेसमेत स्ववियुले बताएको छ ।
लेखिएको छ, ‘यही वैशाख मसान्तभित्रमा स्ववियु कार्यालयमा आफ्नो संगठन र संस्थाहरु दर्ता गराएर समन्वयकारी भूमिका गर्नका लागि आग्रह गर्दै दर्ता नभएका संघ संगठनलाई क्याम्पसमा अवैधानिक मानिने र क्याम्पस हाताभित्र कुनै कार्यक्रम वा क्रियाकलाप गराई केही घटना घटेमा क्याम्पस प्रशासन र स्ववियु जिम्मेवार नरहने कुरा पनि स्पष्ट पार्दछौं ।’
टिप्पणीहरू