मेयर कमरेड अवैध सम्बन्धबाट बच्चा जन्माएर बेपत्ता

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुध्द किटानी जाहेरी परेको छ । स्थानीय एक महिलाले उनीविरुध्द हिजो जिल्ला प्रहरी कार्यालय,सिन्धुलीमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् ।
उनीसँगको शारीरिक सम्पर्कबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको खुलेको छ । गत फागुन २ गते ती महिलाले शिशु जन्माएको स्रोत बताउँछ । कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सुनिल चौरसियाले जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको जानकारी दिए ।
सूचना अधिकारी इन्स्पेक्टर सुनिल चौरसियाले जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको जानकारी दिए । उनका अनुसार घटना २०८१ वैशाखको हो ।
उनका अनुसार घटना २०८१ वैशाखको हो । उनले भने,‘मेयरविरुध्द हिजो साँझ स्थानीय एक महिलाले जबरजस्ती करणीको जाहेरी दिएकी छन् । जाहेरी दर्ता गरेर कार्यालयले अनुसन्धान अघि बढाएको छ । घटनाको यकिन मिति नभए पनि पीडितले २०८१ वैशाख उल्लेख गरेकी छन् ।’
ती महिलाले एक शिशुलाई जन्म दिएको इन्स्पेक्टर चौरसियाले पुष्टि गरे । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनकी श्रीमती जिल्ला समन्वय समिति, सिन्धुलीको पूर्वउपप्रमुख हुन् । जाहेरी दर्ता भएपछि उनको फोन बन्द छ ।
यता, नगरपालिकाका उपमेयर चन्द्रकिशोर थारुले उनी आज कार्यालय नआएको बताए । आफूले पनि घटनाबारे जानकारी पाएको उल्लेख गर्दै उनले भने,‘मैले पनि उहाँविरुध्द जबरजस्ती करणीको जाहेरी परेको थाहा पाएँ । केहीले मलाई फोन गरेर भन्नुभएको थियो । त्योबाहेक मलाई कुनै जानकारी छैन ।’
टिप्पणीहरू