आयो अख्तियारको पुर्जी,पूर्वअध्यक्षको मोबाइल बन्द

आयो अख्तियारको पुर्जी,पूर्वअध्यक्षको मोबाइल बन्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष तथा हालका सञ्चालक डा. चन्द्रबहादुर अधिकारीको नाममा सात दिने सूचना जारी गरेको छ । गत माघ २१ गते परेको उजुरीमाथि आवश्यक अनुसन्धानका लागि अधिकारीलाई आजको मितिबाट सात दिनभित्र उपस्थित हुन भनिएको छ ।

दुई जना भारतीयलाई आयोगमा उपस्थित गराउनुपर्ने दायित्व पनि उनैको रहेको सूचनामा उल्लेख छ । सूचनामा भारत उत्तर प्रदेशका खुशनसिब अन्सारी र वज्जाद अन्सारीलाई उपस्थित गराउन भनिएको छ । ती दुबै अन्सारीको आधार कार्ड नम्बर र भारतको पूर्ण ठेगाना पनि सूचनामा खुलाइएको छ ।

अधिकारी यसअघि काँग्रेस अर्थमन्त्री डा.प्रकाशशरण महतको पालामा बैंक अध्यक्षमा नियुक्त भएका थिए । अहिले भने स्वतन्त्र सञ्चालकको हैसियतमा छन् । अख्तियारद्वारा अनुसन्धान थालिएका उनलाई केही दिनअघि राष्ट्र बैंकले पनि कारबाही गरेको बुझिएको छ । यसबारे केन्द्रीय बैंक र नेपाल बैंकका अधिकारीहरुले केही बताउन चाहेनन् । अधिकारीको टेलिफोन नम्बर ९८४१####४७ अफ छ ।

टिप्पणीहरू