एमाले अखिलमा पनि उमेर हद
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा उमेर हद लाग्ने पक्कापक्की भएको छ । यो विषयमा गत अंकको जनआस्थाले खुलासा गरेको थियो । एमाले महासचिवले जनसंगठन संयन्त्र प्रमुख र विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ललाई निर्देशन दिएलगत्तै उनीहरू पदाधिकारीसँग वान टु वान छलफलमा थिए ।
नयाँ वर्षको बिदाका दिन सोमबार प्रम निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी ओलीसँग यसबारे महासचिव शंकर पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल र अनेरास्ववियुका अध्यक्ष समिक बडालले छलफल गरेका थिए । समिक बडालले ‘भविष्यमा पार्टीमा पनि यसबारे कुरा उठ्यो भने नि’ ...भन्नासाथ पार्टी अध्यक्षले तीतो पोखेका थिए ।
यसैबीच, वैशाख २ गते मंगलबार आउँदो जेठ (१–४) लाई काठमाडौँमा सम्पन्न हुनेगरी तोकेको छ । उमेरहदको विषयमा अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । अखिलमा चालिसेहरू (४० वर्ष) आसपासका धर्म गिरी, गोविन्द गिरी, नारायण घर्ती, नरेश रोकाया, मनोज ताम्ली, संगम अर्याल, सञ्जीव धिताल आदि ३० नै लगाउनुपर्ने अडानमा छन् ।
प्रकाश पौडेल, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी आदि ३२ सम्म भए हुन्थ्यो भन्नेमा छन् । यद्यपि, शिवाकोटीको हकमा भने ३० लगाए पनि फरक नपर्ने उनीनिकट श्रोतले जानकारी दियो । एक पदाधिकारीका अनुसार वैशाख १२ गते बस्ने बैठकले उमेर हदबारे निर्णय गर्नेछ ।
टिप्पणीहरू