मारिएका पत्रकार रजकलाई न्याय दिलाउन मौन प्रदर्शन
नेकपा एकीकृत समाजवादी पार्टीनिकट समाजवादी प्रेस संगठन नेपालले राजावादी हिंसात्मक आन्दोलनका क्रममा मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको न्यायका लागि मौन प्रदर्शन गरेको छ । राजधानीको शान्तिवाटिकामा आज दिउँसो १ बजेदेखि प्रदर्शन थालिएको हो ।
पत्रकार रजकलाई शहीद घोषणा गर्नुपर्ने,परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने,मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने मागसहित प्रर्दशन गरिएको संगठनका महासचिव रोहित दाहालले बताए । रजकले न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने उनको भनाइ छ ।
प्रदर्शनमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठसहित दुई दर्जन बढीको उपस्थिति रहेको थियो । उनीहरुले,‘ग्यारेण्टी सेक्युरिटिज अफ जर्नालिष्ट’,‘पनिस द किलर’,‘हत्यारालाई कारबाही गर’,‘प्रेस स्वतन्त्रताको रक्षा गर’,लगायतका प्याम्लेट बोकेका थिए । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनको रिपोर्टिङ गर्न पुगेका पत्रकार रजकको शव आगजनी भएको घरभित्र भेटिएको थियो ।
तस्बिरहरु










टिप्पणीहरू