पत्रकारका संस्थालाई सरकारी अनुदान
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई अनुदान तथा आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर अनुदान प्राप्त गर्न चाहने पत्रकारिता, सञ्चार र सूचनाका क्षेत्रमा क्रियाशील गैरनाफामूलक संस्थासँग आवेदन मागेको हो । ‘पत्रकारितासँग सम्बन्धित संघसंस्थालाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी दिग्दर्शन, २०८१’ ले तोकेको विधि, प्रक्रिया तथा मापदण्डभित्र रहेर आगामी पन्ध्र दिनभित्र निवेदन दिन भनिएको छ ।
‘यस मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा पत्रकारिता, सञ्चार र सूचनाका क्षेत्रमा काम गर्ने गैरनाफामूलक संघ संस्थाहरुलाई अनुदान प्रदान गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘पत्रकारितासँग सम्बन्धित संघसंस्थालाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी दिग्दर्शन, २०८१’ ले तोकेको विधि, प्रक्रिया तथा मापदण्डभित्र रहेर इच्छुक सरोकारवाला संस्थाहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यक्रमको विस्तृत प्रस्ताव मन्त्रालयमा पेश गर्न यो सूचना आह्वान गरिएको छ’, सूचनामा उल्लेख छ ।
टिप्पणीहरू