विपक्षीहरु उभिएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यहरुले विरोध जनाएपछि बैठक रोकिएको छ ।
सभामुख भीम भण्डारीले नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई विषयवस्तु राख्न समय दिएपछि उनले सरकारको कार्यशैलीबारे टिप्पणी गरेका थिए । उनको धारणापछि प्रतिपक्ष दलका सभा सदस्यहरु उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेका हुन् ।
टिप्पणीहरू