राजा फर्काउने जुलुसमा पेन्सनवाला कर्णेलहरु

राजा फर्काउने जुलुसमा पेन्सनवाला कर्णेलहरु

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखराबाट हिजो काठमाडौं आउँदा त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म स्वागत गर्ने क्रममा सेनाका भूतपूर्व हाकिमहरु पनि ठाँटिएर हिंडेको देखियो । "राजा फर्काउने" स्वागत कार्यक्रम र जुलुसमा राज्यकोषबाट पेन्सन बुझ्दै आएका सेनाका वरिष्ठ अधिकृतहरु पनि सामेल हुनु शायद बहुदलीय प्रजातन्त्रको सुन्दर गहना पनि हो ।

स्रोतका अनुसार महासेनानी राजेश चन्द,कर्णेल प्रकाशजंग कार्कीलगायत विमानस्थल छेउ पुगेका थिए । चन्द नेपाल प्रहरीका भूतपूर्व महानिरीक्षक रमेश चन्दका भाइ हुन् । कार्की भने राप्रपा भूपू सैनिक संगठनका अध्यक्षको भूमिकामा छन् ।

त्यस्तै प्रमुख सेनानी रघुवर थापा पनि हातमा फूलको गुच्छा लिएर उभिनेमध्येका हुन् । इमाडोलका उनी गत २०७९ को चुनावमा राप्रपाबाट उठेका थिए । लेफ्टिनेन्ट कर्णेल लवराज थापासँगै क्याप्टेनको जागिर छाडेर अष्ट्रेलिया पुगी फर्केका मुनिन्द्रराज राजभण्डारी निकै सक्रियताका साथ राजा फर्काउने अभियानमा संलग्न छन् । राजभण्डारी बूढानिलकण्ठ स्कूलमा तत्कालीन युवराज दीपेन्द्रका सहपाठी थिए ।
 

टिप्पणीहरू