डिडिसीका हाकिममाथि पैसा नलिई चेक नदिएको आरोप
दुग्ध विकास संस्थान (डिडिसी) का लेखा प्रमुखमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।
लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयका आर्थिक विभाग प्रमुखलाई त्यस्तो आरोप लागेको हो । चिस्यान केन्द्रको चेक दिनुपर्दा २ देखि ५ हजार रूपैयाँ लिने गरेको जानकार स्रोतको दाबी छ ।
डिडिसीका १८ वटा चिस्यान केन्द्र छन् । चिस्यान केन्द्रले किसानको दूधको भुक्तानी दिनुपर्ने भएकाले हरेक १५ दिनमा डिडिसीबाट चेक लिने गरेका छन् । चेक काटेवापत लेखा प्रमुखले रकम माग्ने गरेको स्रोत बताउँछ ।
'पैसा नलिकन चेक दिन आनाकानी गर्दै आएका छन्', विराटनगर चिस्यान केन्द्रका एक कर्मचारीले भने । पैसा नदिएकै कारण भदौदेखिको चेक रोकिएको उनको जिकिर छ ।
जसका कारण विराटनगर चिस्यान केन्द्रमा दूध उपलब्ध गराउने किसानहरूको भुक्तानी प्रभावित भएको कर्मचारीले गुनासो गरे ।
टिप्पणीहरू