चन्द्रमाको चट्टान एयरपोर्टबाटै अमेरिकी दूतावासको जिम्मा
नासाबाट नेपाल ल्याइएको चन्द्रमाको चट्टान (मुन रक) काठमाडौँस्थित अमेरिकी दूतावासको जिम्मा लगाइएको छ ।
एभरेष्ट साइन्स सेन्टर अफ नेपाल (इएससिएन) ले अवलोकनका लागि ल्याएको चट्टान आज दूतावासलाई फिर्ता गरिएको हो । इएससिएनका प्रतिनिधि दिलिपकुमार अधिकारीले नासासँग सम्झौता गरी जेठ ३ गते उक्त चट्टान नेपाल ल्याएका थिए ।
त्यसपछि सुनसरीको शान्ति वन, बर्जु-५ मा सर्वसाधारणको अवलोकनका लागि राखिएकोमा भोलि फागुन १६ गते अमेरिकी दूतावासमा दिनुपर्ने पहिले नै सम्झौता थियो । सोहीमुताविक आज दिउँसो बुद्ध एयरको उडान नम्बर बिएचए-७०४ मा विराटनगरबाट तारा कोइराला चट्टान लिएर काठमाडौँ आएकी थिइन् ।
चट्टान लिन अमेरिकी दूतावासका प्रतिनिधि काथ्रिन ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । उनले ६१ सि.डि. १०६ नम्बरको गाडीमा राखेर दूतावास पुर्याएको बताइएको छ ।
टिप्पणीहरू