काठमाडौँमा भारतीय सेनाका भूपूहरुको लस्कर

काठमाडौँमा भारतीय सेनाका भूपूहरुको लस्कर
सुन्नुहोस्

भारतीय सेनाका एक दर्जन पूर्वअधिकारी एकैसाथ नेपाल आएका छन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको विशेष कार्यक्रममा भाग लिन उनीहरु आज काठमाडौँ आइपुगेका हुन् । 

एयर इण्डियाको उडान नम्बर एएल-२१५ मा अपराह्न काठमाडौँ ओर्लिनेमा ६ जना पूर्व स्थल सेनाध्यक्षसमेत छन् । चिफ कनक्लेभका लागि निम्त्याइएका पूर्व स्थल सेनाध्यक्षमा जर्नेल जोगिन्दर जसवन्त सिंह, दिपक कपुर, डाक्टर विजय कुमार सिंह, दलबीर सिंह, मनोज मुकुन्द नर्भाने मनोज पाण्डे हुन् । 

उनीहरुसहित ११ जनाको टोली भोली सेना दिवसको कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ । भारतीय पाहुना टोलीलाई बलाधिकृत निर्मल कुमार थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

टिप्पणीहरू