कोलम्बोबाट आइपुगे अर्का ठूला चिनियाँ पाहुना

सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औं जन्मदिन मनाइरहँदा एकछिनअगाडि उत्तरी छिमेकी चीनका एक मन्त्री श्रीलँकाको राजधानी कोलम्बोमा केही महत्त्वपूर्ण बैठक सकाएर नेपाल आइपुगेका छन् ।

श्रीलंकन एयरलाइन्स UL181 को उडानबाट भर्खरै छ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाण्डौमा ओर्लिएका जनजाति मामिला हेर्ने मन्त्री पान युए हुन् । टोलीमा वेइ गुओसिओङ्ग WEI,सु फुपाङ्ग,छिउ फङ्ग,छन सिचोङ्ग र छु छियाङ्ग पनि सामेल छन् ।

चिनियाँ राजदूत छन सोङ्गद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिस्ट कक्षमा स्वागत गरिएको यो टोली याक एण्ड होटेलमा बस्ने कार्यक्रम छ ।

पाहुनाहरुलाई नेपालका विभिन्न समुदायले बजाउने बाजागाजासहित करिव ५५ जनाले विमानस्थलमा झाँकी देखाएका थिए। 

टिप्पणीहरू