अमेरिकी सेनाको जम्बो टोली बसन्तपुर जाँदै
अमेरिकी सेनाको ब्रास ब्याण्ड टोली हिजो साँझ काठमाडौं आइपुगेको छ । कोरियन एअरको उडान नम्बर केइ ६९५ मा सिओल हुँदै आएको १८ सदस्यीय टोली आज,भोलि र पर्सि उपत्यकामा आयोजना गर्न लागिएको कन्सर्टमा सहभागी हुने बताइएको छ ।
नेपाली सेनाका अनुसार महाशिवरात्री तथा सेनाको २६२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अमेरिकी,बेलायती र भारतीय सैनिक टोली सहभागी हुँदैछन् ।
आज दिउँसो बसन्तपुरमा, भोलि पाटन दरबार क्षेत्र र पर्सि भक्तपुर दरबार क्षेत्रमा संयुक्त कन्सर्ट गरिँदै छ । सोही कन्सर्टमा सहभागिताको निम्ति अमेरिकी सेनाका बाण्ड कमाण्डर अलेक्जेण्डर डेभिसको नेतृत्वमा १८ सदस्यीय टोली आएको हो । टोली सदस्यहरुमा आरोन जोन्सन,निकोल डले,गुन्ही चो,एन्थोनी मार्टिनेज, डानियल फिन्च, जोन हेण्ड्रििक्स, सिन इरभिन, जाकोब कोन्नर, रेनाल्डो सोरियानो, चाड डिकन छन् ।
त्यसैगरी, इथान मिल्लर, ब्राड्ली ब्राउन, विल लाथ्रोप, सिउल र्यो, कोनार्ड अबोल्ट, जस्टिन मिलुस र चेज विन्डमुलर पनि अमेरिकी टोलीमा छन् ।
टिप्पणीहरू