घर फर्केका विद्यार्थीहरुको अडान कायम, भैरहवामा विरोध प्रदर्शन

घर फर्केका विद्यार्थीहरुको अडान कायम, भैरहवामा विरोध प्रदर्शन

भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले माग पूरा नभएसम्म भारत नफर्कने बताएका छन् । उनीहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म कलेज नफर्कने जनाएका हुन् । 

उनीहरुका १६ बुँदे माग लिखित रुपमा पूरा गर्नुपर्ने, विश्वविद्यालयका दोषी कर्मचारी र पदाधिकारीहरूलाई हटाउनुपर्ने माग राखेका छन् । केआईआईटी प्रशासनले अन्य मुलुकका र आफूहरुलाई फरक व्यवहार गर्ने गरेको घर फर्केका नेपाली विद्यार्थीहरुको आरोप छ ।

उता भारतीय विदेश मन्त्रालयले केआईआईटीमा भएको घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै विद्यार्थीको सुरक्षामा ध्यान दिइने बताएको छ । यसैबीच शंकास्पद घटनामा ज्यान गुमाएकी प्रकृति लम्सालको न्याय माग गर्दै हिजो भैरहवामा विरोध प्रदर्शन गरिएको छ । उनीहरुले मृतक लम्साल र पीडित परिवारलाई निष्पक्ष न्याय दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

टिप्पणीहरू