निजामति विधेयकमाथि एक महिना प्रारम्भिक छलफल
निजामति सेवा विधेयकमाथिको छलफललाई टुंगोमा पुर्याउन नयाँ उपाय अपनाइएको छ । छलफललाई छिटो टुङ्गो लगाउन उपसमिति गठन गरिएको छ ।
आज बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एक महिनाभित्र निजामति सेवा विधेयकबारे छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न नेपाली काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की, दिलेन्द्रप्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।
टिप्पणीहरू