पार्टीभित्र दक्षिणपन्थी अवसरवाद झाँगियो : एमाले उपमहासचिव

पार्टीभित्र दक्षिणपन्थी अवसरवाद झाँगियो : एमाले उपमहासचिव
सुन्नुहोस्

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद झाँगिएको भन्दै चिन्ता जनाएका छन् ।

सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री समेत रहेका उनले पार्टीनिकट प्रेस चौतारीको कार्यक्रममा त्यस्तो बताएका हुन् । पार्टी तथा जनवर्गीय संगठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा कारबाही गर्ने प्रवृत्तिले दक्षिणपन्थी अवसरवादलाई बढावा दिएको मन्त्रीको भनाई छ । 

नेताका आफन्त र नातागोता भएकै कारण अनुशासन तोड्नेलाई समेत कारवाही नगर्ने पद्धति विकास भएकोमा असन्तुष्टि जनाउँदै मन्त्री गुरुङले अब यस्तो गर्न नहुनेमा जोड दिएका छन् । संगठनमा रहेका खराव व्यक्तिलाई समयमै निकाल्न नसके सिंगो पार्टी ध्वस्त हुने उनले बताए ।

टिप्पणीहरू