वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँ ओली, देउवा र प्रचण्डले लिएको मन्त्रीको ठहर

वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँ ओली, देउवा र प्रचण्डले लिएको मन्त्रीको ठहर
सुन्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले क्रान्तिको परिभाषा सुनाउनुभएको छ । राजधानीमा आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँ ओली, देउवा र प्रचण्डले लिँदैमा क्रान्ति भन्न नमिल्ने उहाँको ठहर छ । 

अहिलेको राजनीति र क्रान्तिले समाज, इतिहास, कृषि, ऊर्जा, कानुन  तथा प्रविधिलाई छुन नसकेको उहाँले उल्लेख गर्नुभयो । ‘वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि’, भन्नुभयो, ‘क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्यो, समाजमा देखिनुपर्यो कृषिमा, बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुपर्यो ।’

सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले क्रान्तिको परिभाषा बदल्नुपर्नेमा जोड दिनुभयो । ‘क्रान्ति भनेको लड्ने, भिड्ने मात्रै होइन, शान्तिपूर्ण तरिकाले विकास र परिवर्तन गर्न सकिन्छ’, उहाँको निश्कर्ष छ ।
 

टिप्पणीहरू