प्रधानमन्त्री दाङ,पूर्व राष्ट्रपति बैंकक र न्यायाधीश अमेरिका

प्रधानमन्त्री दाङ,पूर्व राष्ट्रपति बैंकक र न्यायाधीश अमेरिका
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाने कार्यक्रम तय भएको छ । उहाँ बिहान साढे ११ बजे लुम्बिनी प्रदेश सभा अधिवेशनलाई सम्बोधन गर्न नेपाली सेनाको हेलिकोप्टरमा बालुवाटारबाट दाङ प्रस्थान गर्ने र अपरान्ह ४ बजे राजधानी फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने आज थाइल्याण्डको राजधानी बैंकक जान लाग्नुभएको छ । उहाँ बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा त्यता जान लाग्नुभएको हो ।

आजै सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मा अमेरिका जाँदै हुनुहुन्छ । उहाँ बिहान पौने १२ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै त्यता जाने सर्वोच्च अदालत स्रोतले बतायो ।

टिप्पणीहरू