पन्जावमा दिनहुँ अमेरिकी सैन्य विमान ओर्लिएपछि मुख्यमन्त्री आगो

पन्जावमा दिनहुँ अमेरिकी सैन्य विमान ओर्लिएपछि मुख्यमन्त्री आगो

अमेरिकाले अवैध भारतीयहरुको तेस्रो समूहलाई पञ्जाबको अमृतसर विमानस्थलमा ओरालेको छ । वायुसेनाको सि १७ विमानमा हिजो ११२ जना भारतीयलाई ल्याइएको  छ ।

फेब्रुअरी ५ मा पहिलो पटक १०४ जना,अस्ति शनिबार राति ११६ जना गरेर हालसम्म अमेरिकाले सेनाको विमानमा राखेर ३३२ जना भारतीयलाई अमेरिकाबाट निष्कासन गरिसकेको छ ।

भारत पठाइएका भारतीयमध्ये महिला, बालबालिकाबाहेक अरुलाई हातमा हतकडी र गोडामा नेल लगाइएको थियो । यता पञ्जाबका मुख्यमन्त्री भगवन्तसिंह मनले अमेरिकाले जबर्जस्ती पवित्र शहर अमृतसरमा ल्याएर आप्रवासीलाई छाडेकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा ‘यसले पञ्जाब र पञ्जाबीहरुप्रति नकारात्मक भावना फैलाएको’ उल्लेख छ । अस्ति राति ल्याइएका ११६ जनमध्ये ६५ जना पञ्जाबका थिए भने ३३ जना हरियाणा र आठ जना गुजरातका हुन् ।

टिप्पणीहरू