केवलकारको पक्षमा लागेको भन्दै कुटपिट

केवलकारको पक्षमा लागेको भन्दै कुटपिट

ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केवलकारको पक्षमा वकालत गर्दै हिँडेका एक व्यक्ति धरानमा कुटिएका छन् । 

मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका कार्यकर्ताले आज धरान-९ स्थित पुतली लाइनमा ताप्लेजुङ घर भएका पदम चेन्जि माबोलाई कालोमोसो दली कुटेका हुन् । माबोमाथि केवलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र विरोधमा बोल्नेहरूलाई गाली गलौज गरेको आरोप छ । 

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र संघर्ष समितिका नेता जेन्टल लावतिसमेतको उपस्थिति कुटपिट भएको बताइएको छ । 

हाल माबोलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ भने घटनमा संग्लग्नमाथि कडा कारबाहीको माग भैरहेको छ ।

टिप्पणीहरू