अमेरिका र रुस मिल्न खोजेपछि युरोपका नेताहरु सशंकित

अमेरिका र रुस मिल्न खोजेपछि युरोपका नेताहरु सशंकित

अमेरिका र रूसले युक्रेन युद्ध अन्तको तयारी गरेका छन् । दुबै मुलुकले शान्ति वार्ता अगाडि बढाउन खोजेको र आफूहरुलाई वास्ता नगरेपछि युरोपेली मुलुकका नेताहरुले आपत्कालीन बैठक डाकेका हुन् । उनीहरुको बैठक आगामी साता पेरिसमा गर्न लागिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका युक्रेन विशेष दूतले युक्रेन युद्ध अन्तको वार्तामा युरोपेली मुलुकका नेताहरुलाई सहभागी नगराउने बताएपछि उनीहरु  सशंकित भएको बताइन्छ । उनले भनेका छन्, ‘युरोपेली नेताहरूसँग परामर्श गरिन्छ तर वार्तामा सहभागी गराईंदैन ।’

यता बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले यो महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्दैछन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरुको संलग्नताबिना कुनै पनि सम्झौता स्वीकार नगरिने चेतावनी दिएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपतिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए । आगामी महिना साउदी अरेबियामा युद्ध अन्त्यबारे छलफल गर्ने सम्भावना छ । सोही क्रममा ट्रम्प र पुटिनबीच भेटघाट हुने बताइएको छ । 

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्तामा आफूहरुलाई आमन्त्रित नगरिएको उल्लेख गरेका छन् ।
 

टिप्पणीहरू