बैठकअघि छलफल, संसदमा गतिरोध

बैठकअघि छलफल, संसदमा गतिरोध

बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि १५ मीनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको आजको बैठक पुनः सुचारु हुन सकेको छैन । आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकोमा माओवादीलगायत विपक्षी दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

खतिवडाले मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापति गरेका थिए । सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा राना मगरसँग पराजुलीले सोधे, ‘सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो ?’ 

त्यसपछि सबै विपक्षी दलका सांसदले पराजुलीले झैँ समान प्रश्न उठाएपछि सचिवालयलाई वास्तविकता पत्ता लगाउन आग्रह गर्नुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राखेपछि जारी लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मीनेटका लागि स्थगित गर्नुभएको हो । तर, उक्त बैठक पुनः सुचारु हुन सकेको छैन ।

यसअघि बिहान साढे ९ बजेको समयमा सिंहदरबारस्थित संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा सभामुख देवराज घिमिरेको उपस्थितिमा संसदको आन्तरिक गतिरोधबारे  छलफल गरिएको थियो । छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पद्मप्रसाद पाण्डे लगायतको उपथिति थियो ।
 

टिप्पणीहरू