जनक शिक्षामा नयाँ प्रबन्ध सञ्चालकको खोजी
विद्यालयस्तरको पाठ्यपुस्तक छपाई गर्दै आएको सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रमा रिक्त हुन लागेको प्रबन्ध सञ्चालक नियुक्तिका निम्ति प्रक्रिया अघि बढाइएको छ ।
हालका प्रबन्ध सञ्चालक अनिलकुमार झाको कार्यकाल आगमी फागुनमा रिक्त हुँदै छ । त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्रबन्ध सञ्चालकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी सात दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिनसक्ने छन् ।
टिप्पणीहरू