पञ्चायतकालमा भ्रष्टाचारी हाकिमहरुलाई हायलकायल बनाउँथिन् नानीमैया

पञ्चायतकालमा भ्रष्टाचारी हाकिमहरुलाई हायलकायल बनाउँथिन् नानीमैया

‘ए भ्रष्टाचारी हाकिम जनताको काम गर्छाै कि अख्तियारमा उभ्याउँ’ काठमाडौंकी तत्कालीन जनप्रतिनिधि नानीमैयाँ दाहालले सरकारी अड्डामा काम नगर्ने, जनतालाई दुःख दिने हाकिमहरुप्रति यसरी प्रस्तुत हुन्थिन् । उनै दाहाल ९२ वर्षको उमेरमा आज बितिन् ।

पञ्चायतकालमा पनि ‘जनपक्षीय’ जनप्रतिनिधिको रुपमा परिचित उनी  सर्वसाधारणको विषयमा सक्रिय हुन्थिन् । राजधानी काठमाडौंका मतदाताले नानीमैयाँलाई त्यतिबेलाका चर्चित र प्रभावशाली मन्त्री जोगमेहर श्रेष्ठलाई पराजित गरेकी थिइन् । 

पञ्चायती व्यवस्थाप्रति वितृष्णा जगाउँदै राजधानीका जनताले उनलाई जिताएका थिए । तर, उनी भने भुईंमान्छेको आवाज बोकेर अदालत, भूमिसुधार, मालपोत र जिल्ला प्रशासन कार्यालय धाइरहिन्थन् । 

उनी २०२९ सालमा काठमाडौं नगरपालिकाकी उपप्रधानपञ्च र पछि राष्ट्रिय पञ्चायत सदस्य विजयी भएकी हुन् । निमोनियाबाट पीडित दाहालको आजै दाहसंंस्कार गरिएको छ ।

टिप्पणीहरू