पूर्व पञ्चहरूको कोर टिममा घोचपेच

पूर्व पञ्चहरूको कोर टिममा घोचपेच

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक नोकझोंकका साथ सकिएको छ । महामन्त्री धवलसमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध आरोपपत्र प्रस्तुत गरका थिए  । स्रोतका अनुसार कार्यसम्पादन समितिको प्रतिवेदन प्रस्तुत भएलगत्तै राणाले मैले पनि यो कागज भोलि पढ्न पाऊँ भनेका थिए ।

त्यसैबेला छेउमा रहेका अध्यक्षले राणाको हातमा रहेको कागज सर्सती पढ्न भ्याए। त्यसपछि पार्टीको बारमा  गलत सन्देश जाने कुराचाहिँ नपढ्नु भनेका थिए । राणाले टिपोटचाहिँ महामन्त्री कुन्ती शाहीलाई पढ्न अह्राए । जसमा राप्रपाका कतिपय क्रियाकलापलाई ‘दृष्कर्मको दुष्परिणाम’ भनिएको छ । उक्त टिप्पणी सुनेपछि कार्यसम्पादन समितिका सदस्य तथा मकवानपुरका सांसद दीपकबहादुर सिंहले हामीलाई यस्तो थाङ्ने विषयमा अल्झाउने भन्दै कटाक्ष गरका थिए  ।

शाहीले पढेको टिपोटउपर अन्य पदाधिकारीले यो कुरा सच्याउनुपर्‍यो, लेख्नेले सच्याउने हो कि, जसको नामबाट पढिएको छ उसैले सच्याउने हो कि वा हामीले सच्याउने हो भनेपछि सगुन लावतीले लेखेको गाइँगुइँ चलेको थियो। लिङ्देनले राजनीतिक प्रस्ताव नल्याएकोमा अन्य पदाधिकारीले कमजोरी भएको औंल्याए । १३५ जनाले धारणा राखेमध्ये २३ जनाले धवलको पक्षमा बोलेको स्रोतको दावी छ । यदि, अध्यक्षले राजनीतिक प्रस्ताव प्रस्तुत गरको  भए सहभागीहरूले बोल्ने विषय पाउँथे। बोल्ने विषय नभेटेको बेला धवलले टिप्पणी प्रस्तुत गरपछि स्वाभाविक रूपमा विवाद देखिएको हो।

बैठकमा सरकार परिवर्तनको लागि कांग्रेसलगायत केही नेताले थालेको पहललाई साथ दिनुपर्ने राय आएको बताइन्छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार परिवर्तनको निम्ति आन्तरिक तथा बाह्य दवाव आइरहेको मेसोमा नेतृत्वलाई यस्तो सुझाव दिइएको बुझिएको छ । सहभागी एक नेताका अनुसार सरकार केही महिनाभित्रै ढल्ने सम्भावनाबार ब्रिफिङ गरिएको थियो। 

टिप्पणीहरू