देउताको फोटो बिगारेर टिकटक नबनाउन आग्रह

देउताको फोटो बिगारेर टिकटक नबनाउन आग्रह

धार्मिक आस्थामाथि ठेस पुग्नेगरी टिकटक र एआईमार्फत फोटो-भिडियो बनाउने क्रम बढेको भन्दै पुरातत्व विभागले चासो देखाएको छ । 

सञ्चार प्रविधिको दुरुपयोग गरेर धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाको मूल्य मान्यतामा गम्भीर असर पुर्याउने फोटो तथा भिडियो बनाएकोप्रति ध्यानाकर्षण जनाउँदै विभागले त्यस्ता कार्य नगर्न आग्रह गरेको छ । आज सार्वजनिक सूचना निकालेर यस्ता कार्यलाई प्रोत्साहित गर्न कमेन्ट गर्ने कार्य पनि व्यापक भइरहेकोले सञ्जाल प्रयोगकर्ताहरुलाई सचेत गराइएको छ । 

‘पछिल्ला समयमा सञ्चार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट यहाँ रहेका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरुको मूल्य मान्यतामा गम्भीर असर पर्ने टिकटक बनाउने, सामाजिक सञ्जालहरुमा देवीदेवताको तस्बिरहरुमा एआई प्रविधि प्रयोग गरी धार्मिक आस्थामाथि ठेस पुर्याउने फोटो तथा भिडियो बनाई पोष्ट गर्ने र यस्ता कार्यलाई प्रोत्साहित गर्न विभिन्न कमेन्ट गर्ने कार्यहरु व्यापक रुपमा भइरहेकोले त्यस्ता कार्यहरु नगर्न नगराउन हुन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू