एक अर्कालाई खुइल्याउँदै दुई माननीय कमरेड

सरकारबाट स्वीकृति नलिईकन जापान पुगेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा मुछिएपछि नेकपा एमालेले आफ्ना सांसदलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।
एमालेको हरेक संसदीय दल बैठकमा भन्ने गरिन्छ,‘विदेश भ्रमणमा वा विदेशमा हुन लागेको कुनै कार्यक्रममा जानुपर्यो भने अनिवार्य प्रमुख सचेतकबाट स्वीकृति लिनु । अध्यक्ष केपी शर्मा ओलीलाई पनि जानकारी गराउनु । जानकारी नगराईकन गएमा कठोर कारबाही हुनेछ ।’
कार्यक्रम कसले आयोजना गर्न लागेको ? कति दिनको ? पनि जानकारी गराउनुपर्ने भनिएको छ । तर,कडा निर्देशनका बाबजुद सचेतक सुनिता बराल सँसदीय अधिवेशन शुरु हुनु अघिल्लो दिन माघ १८ गते बेलुका कसैलाई पत्तै नदिई अफ्रिका गएको पाइएको छ । संसदको हिँउदे अधिवेशन शुरु भएको अघिल्लो दिन उनी कतार एअरको उडानबाट दोहा हुँदै मालावी पुगेकी हुन् ।
अखिलमा सुनिता सिनियर हुन् भने महेश जुनियर । यता, संसदीय फाँटमा भने महेशलाई सिनियर र सुनितालाई जुनियर बनाइएको छ ।
यता,उनले आफू विदेश भ्रमणमा गएकोबारे सभामुख देवराज घिमिरेलाई पनि जानकारी नगराएको बुझिएको छ । जबकि सांसदहरुले विदेश भ्रमणमा जाँदा अनिवार्य सभामुखलाई जानकारी गराउनैपर्छ । गत माघ १८ गते बसेको हिउँदे अधिवेशनको पहिलो बैठकमा नेताहरुले सुनितावारे सोधखोज गरिरहेका थिए । प्रमुख सचेतक महेश बर्तौलाले प्रायःजसोलाई उनको बारेमा सोधेका थिए ।
उनको अनुपस्थितिबारे प्रमुख सचेतकलाई पनि जानकारी नभएपछि अन्य सांसदले अचम्म मानेका हुन् । उनले सुनिता निकट सांसदहरुलाई ‘खोइ सुनिता मान्यज्यू ? फोन नै उठ्दैन, कहाँ जानुभएछ ?’ भनेर सोधिरहेका थिए ।
श्रोतका अनुसार महेश र सुनिताबीच ‘ट्युनिङ्ग’ छैन । उनीहरुले पाएसम्म एकअर्कालाई उधिन्न खोज्ने श्रोतको जिकिर छ । झापाकी सुनिता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको प्रिय पात्रमध्ये एक हुन् । ओलीले उनलाई अखिल अध्यक्ष,पार्टी केन्द्रीय सदस्य, समानुपातिक सांसद र सचेतक पद सुम्पिएपछि महेशले चित्त दुखाएको पार्टीमा धेरैजसोलाई थाहा छ ।
अखिलमा सुनिता सिनियर हुन् भने महेश जुनियर । यता, संसदीय फाँटमा भने महेशलाई सिनियर र सुनितालाई जुनियर बनाइएको छ । ‘महेश सकेसम्म सुनितालाई पेलपाल गर्न खोज्छन् । बेलाबखत सुनितामाथि अखिल र पार्टीको कुण्ठा पनि पोखिरहेका हुन्छन् ।
यता,सुनिताको पनि महेशप्रति त्यति राम्रो धारणा छैन । यसअघि सुनिताको ‘चुम्बनकाण्ड’ बाहिर आएको थियो । त्यो भिडियो उनले नै बाहिर ल्याएको सुनिताको आरोप छ । महेशले आफूलाई बर्बाद बनाउन खोजेको भन्दै सुनिताले आफूनिकट सांसदहरुलाई गुनासो पोख्दै आएकी छन् ।
टिप्पणीहरू