राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावमा मतदान, संसद बाहिर नाराबाजी
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध अघि बढाइएको महाअभियोग प्रस्तावमा मतदान थालिएको छ । संसद बाहिर स्थानीयले नाराबाजी गरेका छन् ।
राष्ट्रपति योलले अघिल्लो साता सैनिक कानुन लागू गरेपछि विपक्षी र सर्वसाधारणले चर्को विरोध गरेका थिए । त्यसपछि त्यसपछि विपक्षी दलले दर्ता गराएको महाअभियोग प्रस्तावको प्रक्रिया रोकिएको थियो ।
विपक्षी दलका नेताहरुले राष्ट्रपतिलाई पदबाट नहटाएसम्म महाअभियोग प्रस्ताव ल्याइरहने चेतावनी दिएका छन् ।
टिप्पणीहरू