अमेरिकी सहायक विदेशमन्त्री पहिले दूतावास, कार्यालय खुलेपछि सिंहदरबार

अमेरिकी सहायक विदेशमन्त्री पहिले दूतावास, कार्यालय खुलेपछि सिंहदरबार
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । बिहान ८ बजे महाराजगञ्जस्थित अमेरिकी दूतावासबा पुगेका उनी १० बजे उपप्रधानमन्त्रीसँग भेटका लागि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेको बताइन्छ ।

भेटघाटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसहित चिफ अफ स्टाफ भिर्सा पर्किन्स पनि रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

हिजो दिउँसो कोलम्बोबाट काठमाडौं आइपुगेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्रीले लगत्तै नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

आज विभिन्न कार्यक्रममा सहभागी भएर साँझ दुबई हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको बताइन्छ । एक सातादेखि दक्षिण एसियाको भ्रमणमा रहेका लु श्रीलंकाअघि भारत पुगेका थिए ।

तस्बिरहरुः

टिप्पणीहरू