प्रधानमन्त्रीद्वारा भवन निर्माणमा एक महिनाको तलब प्रदान, राधिकाद्वारा दुई महिनाको पेन्सन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन गर्नुभएको छ । उहाँले आजै मानवसेवा स्मारकको भवन शिलान्यास पनि गर्नुभएको छ ।
आश्रमका लागि दुई बिघा पाँच कठ्ठा उपलब्ध गराएका दाता रामबहादुर प्रधान र उनको परिवारलाई पनि प्रधानमन्त्रीले सम्मान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आश्रमको भवन निर्माणमा आफ्नो एक महिनाको तलब र प्रधानमन्त्री पत्नी राधिका शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभएको छ ।
टिप्पणीहरू