कालिकोटमा नेमकिपा विजयी, राप्रपा र रास्वपाको जमानत जफत

कालिकोटमा नेमकिपा विजयी, राप्रपा र रास्वपाको जमानत जफत
सुन्नुहोस्

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मत अन्तरले पराजित गरेका हुन् । शाही तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी हुन् ।

खड्काले १४३ मत र शाहीले ११५ मत पाएको बताइएको छ । खड्का यसअघि २०७४ को निर्वाचनमा वडाध्यक्ष विजयी भएका थिए । 

वडाध्यक्षमा एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९ मत प्राप्त गरेका छन् । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १५/१५ मत प्राप्त गरेपनि जमानत जफत भएको छ ।

टिप्पणीहरू