पाँच जना एसपीको एकै पटक काज सरुवा
नेपाल प्रहरीले पाँच जना प्रहरी उपरीक्षक (एसपी) लाई काजमा खटाएको छ । प्रहरी हेडक्वार्टरको मानवस्रोत विकास विभागले हिजो जारी गरेको परिपत्रमा आवश्यकताअनुसार उनीहरुको दरबन्दी भएको कार्यालयबाट अन्यत्र लगिएको उल्लेख छ ।
जसअनुसार जिल्ला प्रहरी कार्यालय, तनहुँका अपिलराज बोहरालाई ट्राफिक व्यवस्थापन कार्यालय,सुर्खेत लगिएको छ । हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका वीरेन्द्रबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय,तनहुँमा खटाइएको छ ।
त्यस्तै ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतमा रहेका रामप्रकाश साहलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा, जिल्ला प्रहरी कार्यालय उदयपुरका रमेश थापालाई हेडक्वार्टरको अन्वेषण,योजना तथा विकास निर्देशनालय र महानिरीक्षकको सचिवालयमा कार्यरत हरिहरनाथ योगीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर पुर्याइएको छ ।
टिप्पणीहरू