बैंकका २५ जना कर्मचारी सवार बस दुर्घटनाग्रस्त

बैंकका २५ जना कर्मचारी सवार बस दुर्घटनाग्रस्त

बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ । ००१ प १७३२ नम्बरको बस साँझ ६ बजेको समयमा खुर्कोट नजिकैको बारा घुम्तीमा दुर्घटनामा परेको बताइएको छ ।

बसमा ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी सवार रहेको बताइएको छ । दुर्घटनाका केही घाइतेलाई सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

उनका अनुसार दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू