'फर्की फर्की' र 'पुजार सार्की' आजबाट प्रदर्शनमा

'फर्की फर्की' र 'पुजार सार्की' आजबाट प्रदर्शनमा

चलचित्र 'फर्की फर्की' र 'पुजार सार्की' आजबाट एकैसाथ प्रदर्शनमा आएका छन् । 

रिलिजको दिन दुवै चलचित्रले हलहरुमा राम्रो संख्यामा शो पाएको देखिन्छ । रिलिजअघि प्रिमियरसमेत गरिएको थियो । प्रिमियरमा दुवै फिल्मले राम्रो प्रतिक्रिया पाएका छन् । 

रोहित अधिकारीको लगानी रहेको 'फर्की फर्की'लाई सुयोगले निर्देशन गरेका हुन् । टाइम ट्राभलको कथा प्रस्तुत गरिएको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संमृद्धि अर्याललगायतको मुख्य अभिनय छ ।  

त्यस्तै, विकास सुवेदीले लेखेको पुजार सार्कीमा दिनेश राउतले निर्देशन छ । आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, परीक्षा लिम्बु, अन्जना बराइलीलगायतको मुख्य भूमिका रहेको चलचित्रमा जातीय विभेदको कथा प्रस्तुत गरिएको छ ।

टिप्पणीहरू