टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

आगामी टी-२० विश्वकप  खेल्ने नेपाली टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज साँझ १५ सदस्सीय टोली  घोषणा गरेको हो । 

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी पनि टोलीमा समावेश छन् ।

ट्वान्टी–२० विश्वकप आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुँदैछ । नेपालले दोस्रोचोटी विश्वकप खेल्न लागेको हो । सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेलेको थियो ।

टिप्पणीहरू