कतारी अमिर शीतल निवासमा (फोटो फिचर)

सुन्नुहोस्

नेपालको राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच शीतल निवासमा आजै अपरान्ह औपचारिक कुराकानी भएको छ । 

यसअघि राष्ट्रपति पौडेलले अमरि थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

आजै साँझ होटल सोल्टीमा उहाँको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोजको आयोजना गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अमिरसँग आजै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

सो क्रममा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू