ग्लोबल बैंकको कार्ड हुनेलाई ६ हजारमै विदेश भ्रमण

ग्लोबल बैंकको कार्ड हुनेलाई ६ हजारमै विदेश भ्रमण

ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डवाहकले किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण गर्न पाउने भएका छन् । 

बैंकले आइएमई ट्राभल्ससँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । जसअन्तर्गत आन्तरिक पर्यटकीय स्थान अन्नपूर्ण वेस क्याम्प, मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याण्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत प्रदान गरिनेछ ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम तीन हजार २१० र विदेश भ्रमणको लागि छ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको बताएको छ । क्रेडिट कार्डवाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल 'टुर प्याकेज' किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । 

साथै, यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

टिप्पणीहरू