एन्फाका उपाध्यक्ष अदालतको आदेशले रिहा

एन्फाका उपाध्यक्ष अदालतको आदेशले रिहा
सुन्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । खैरो हिरोइन कारोबारमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले तारिखमा छोडेको हो । 

तत्कालीन पुनरावेदन अदालत, पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारिखमा रहेकाले जिल्ला अदालतले लामालाई छोडेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । 

‘उहाँलाई आज हामीले काठमाडौं जिल्ला अदालतमा पेश गरेका थियौं । उहाँ सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा हुनुहुँदो रहेछ । त्यसैले अदालतले उहाँलाई छोड्यो’, उनले भने । 

लामा हिजो बिहान पेप्सीकोलाबाट पक्राउ परेका थिए । खैरो हिरोइन कारोबारमा दोषी ठहर गर्दै तत्कालीन पुनरावेदन अदालतले उनलाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

टिप्पणीहरू