रास्वपाले चुनाव हारेकोमा काँग्रेस नेता प्रफुल्ल

रास्वपाले चुनाव हारेकोमा काँग्रेस नेता प्रफुल्ल

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङको उपनिर्वाचनले काँग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भन्ने प्रमाणित भएको दाबी गरेका छन् । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुख्य शक्तिका रुपमा रहेको तथ्यलाई पुनर्पुष्टि गरिदिएको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै खतिवडाले उपनिर्वाचनबाट ‘चटकेहरु’ साइडमा आएको र २०८४ सम्ममा ‘ठीक’ हुने भन्दै कटाक्ष पनि गरे । 

‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ । दुई वटा पार्टी स्थापित भएका छन् । अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन् । ०८४ सालसम्म चटके ठीक हुन्छन्’, उनले भने । 

निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरेका खतिवडाले इलाममा एमालेले गठबन्धनको बलमा चुनाव जितेको पनि जिकिर गरे । चुनावमा हार व्यहोरेको तर काँग्रेसको मत नघटेको उनको दाबी छ । 

‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ । हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ । अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ । काँग्रेस त्यहाँ कमजोर छैन’, सांसद खतिवडाले अगाडि भने, ‘उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिष्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ । हामी एक्लै सम्मानजनक रुपमा छौँ ।’

टिप्पणीहरू